Lirik lagu
Chitthi Bhitra
Video tidak tersedia untuk diputar di halaman ini. Lirik dan informasi lagu tetap tersedia.
Cari video di YouTube.
Sajjan Raj Vaidya
चिट्ठीभित्र राखेर पठाउँदै छु मेरो माया म तिमीलाई
खोली पढिदेऊ न है
अटेजति भरेर पानाहरू, मायाका कुरा लेखेरमनले जानेको सबै
अक्षर-अक्षर जोडेर, भावनाहरू सबै पोखेर
तिमीलाई नै सुम्पिदिएँ यो मन
तिम्रो हरअस्तित्वले नै मेरो अस्तित्वलाई अर्थ दिन्छ
हाँसोले खुसी चिने झैँ मेरो मुटुले तिमीलाई चिन्छ
हामी दुई एकअर्काकै सहाराले बाँचौँला हाम्रो जिन्दगी
एउटै नाम बोकेर
Hm, बुढेसकालमा हाँसोले चाउरिएका हाम्रा अनुहारका रेखाले
हाम्रै काव्य कोरेर
मेरो स्वर, मेरो सङ्गीत तिम्रै नाम गरेर
म तिम्रै निम्ति जिएँ जीवन

भएजति मेरो माया अलिअलि गर्दागर्दै
तिम्रै हत्केलामा मैले ल्याई राखिदिएँ सबै
तिम्रै हाँसोको दृश्यले मेरो खुसीलाई रूप दिन्छ
तिम्रो अस्तित्वले नै मेरो अस्तित्वलाई अर्थ दिन्छ