Lewati ke konten utama
Lirik lagu

Samjhanchu

Sabin Rai , 法老

सम्झन्छु अझै म, भुल्न सकिनँ मैले
हाम्रो सम्बन्ध हिजो जे थ्यो
हुँदिन खुशी म, अब सायद कहिल्यै पनिकति नमीठो बिछोड हो
नरुने मान्छेलाई रुवाई गयौ तिमी
यो सम्झिने मन मेरो
बिचल्ली म नहुन खोज्छु
तर असफल कोशिश हो

कोर्दिनँ अब म, मेरो भाग्य अरू सँग
नजीर जिन्दगीको अब यै हो
गाउँदिन अब म मायाका गीतहरू
नमिलेका पङ्क्त्ति धेरै भो
लडेर उठ्दैछु, बिस्तारै हिँड्छु अब
मलाई यै हालमा छोडिदेऊ
लडबडाउँला कहिलेकाहीँ
जिन्दगी आखिर यै हो

तिर्सना थ्यो आफ्नोपनको
तर मैले कहिल्यै पाइनँ
इन्द्रेनी थ्यो सातै रङ्ग
सुनेको थेँ, कहिल्यै देखिनँ
भरोसा थ्यो सुखद अन्त्यको
वियोगान्त चलचित्र झैँ भयो कहानी, yeah, yeah

सम्झन्छु अझै म, भुल्न सकिनँ मैले
हाम्रो सम्बन्ध हिजो जे थ्यो
हुँदिन खुशी म, अब सायद कहिल्यै पनि
कति नमीठो बिछोड हो
नरुने मान्छेलाई रुवाई गयौ तिमी
यो सम्झिने मन मेरो
बिचल्ली म नहुन खोज्छु
तर असफल कोशिश हो